अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०९ | Colorodo: 07:24

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, दुई विदेशी नागरिक घाइते

बिआरटीनेपाल २०७५ चैत ५ गते १०:०५ मा प्रकाशित

पोखरामा पुनः प्याराग्लाइडिङ दुर्घटनामा परेको छ । पोखरा महानगरपालिका १८ स्थित सराङ्गकोट डाँडाबाट उँडेर फेवातालको किनार खपौँदीमा ल्याण्ड गर्ने क्रममा भएको दुर्घटनामा चिनियाँ पाइलट एलेक्स वक्रियन र चिनियाँ मुलकै सिंगापुरका याङ गुङ जी घाइते भएका छन् ।

खपौँदीमा ल्याण्ड गर्नेक्रममा बिजुलीको तारमा अल्झेर उनीहरू दुर्घटनामा परेको प्रदेश प्रहरी प्रवक्ता गोविन्द पुरीले जानकारी दिनुभयो । उनीहरूको पोखराकै मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो १५ दिनभित्र पोखरामा अत्यधिक प्याराग्लाइडिङ दुर्घटना भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू