अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३५ | Colorodo: 01:50

मर्यादित र सभ्य ढंगले होली मनाउन गृह मन्त्रालयको आग्रह

बिआरटीनेपाल २०७५ चैत ५ गते १०:०४ मा प्रकाशित

गृहमन्त्रालयले मर्यादित र सभ्य ढंगले होली मनाउन आग्रह गरेको छ । चैत ६ गते हिमाली तथा पहाडी र तराईमा चैत ७ गते मनाइने रंग र खुशीयाली साटासाट गर्न पर्वकव रुपमा मनाइने होलीको शुभकामना दिँदै गृहमन्त्रालयले होली मर्यादित र सभ्य ढंगले मनाउँदा होलीको धार्मिक र सांस्कृतिक महत्व रहने जनाएको छ ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले होली मनाउने नाममा कसैको इच्छा विपरित जबरजस्ती, अमर्या्दित, गैरकानूनी र उच्श्रृंखल किसिमका कुनै पनि व्यवहार नगर्न आग्रह गरेको छ ।
विज्ञप्तीमा भनिएको छ, “अर्काको इच्छा विपरित रंग दल्ने, प्लाष्टिकजन्य लोला हान्ने, फोहोर छ्याप्ने, बाटोमा हिड्ने व्यक्तिहरुलाई दुख हैरानी तथा कष्ट दिने जस्ता प्रचलित कानून विपरित क्रियाकलाप कार्य तथा असभ्य व्यवहार कोही कसैले नगर्न, नगराउन गृहमन्त्रालय हार्दिक अनुरोध गर्दछ ।“

यदी कसैले कानून विपरित यस्तो गरेको पाइएका प्रचलित कानून विपरित काम गरे गराएमा प्रचलित कानून बमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू