अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४५ | Colorodo: 19:00

पार्टी संगठन एकीकरण अनावश्यक लम्ब्याइएको नेकपा नेता नेपालको टिप्पणी

बिआरटीनेपाल २०७५ चैत ५ गते १०:०२ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको संगठन एकीकरणको काम अनावश्यक रुपमा लम्ब्याइएको टिप्पणी गरेका छन् । वरिष्ठ नेता नेपालले पार्टीको तल्लो तहसम्मको एकीकरणको काम लम्ब्याइएकोमा आफू चिन्तित रहेको र पार्टीका कार्यकर्ताहरुमा निराशा छाएको बताउनुभयो ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि संचारकर्मीमाझ उहाँले अठोटका साथ काम गरे एक महिना भित्र पार्टीको तल्लो तहसम्मको एकीकरणको काम टुंगो लाग्ने बताउनुभयो । नेता नेपालले अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्केपछि पार्टीको सांगठनिक एकीकरणको काम टुंगोमा पुग्नेमा आफू आशावादी रहेको पनि उल्लेख गर्नुभयो ।

वरिष्ठ नेता नेपालले फरक प्रसंगमा मन्त्रीमण्डल पुनर्गठनबारे आफूलाई कुनै जानकारी नभएको पनि बताउनुभएको छ । उहाँले सिके राउतलाई राष्ट्रिय राजनीतिकको मूलधारमा ल्याउने सरकारको निर्णय सही भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू