अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१९ | Colorodo: 04:34

राष्ट्रिय मर्यादाक्रम संशोधन हुँदैछ – गृहमन्त्री थापा

बिआरटीनेपाल २०७५ चैत ५ गते ९:५९ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रिय मर्याक्रममा संशोधन भइरहेको बताउनुभएको छ । संघीय संसद राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री थापाले राष्ट्रिय मर्यादाक्रमबारे लामो समयदेखि छलफल र बहस भइरहेकाले त्यसलाई सम्बोधन गर्नका लागि मर्यामक्रम संशोधनको चरणमा रहेको जानकारी दिनुभयो ।

गृहमन्त्रीका अनुसार छिट्टै अबको केही समयमा नै मन्त्रिपरिषदबाट नयाँ मर्यादाक्रम निर्धारण भएर सार्वजनिक हुनेछ । सांसदहरूले पूर्वमन्त्रीलाई वर्तमान संघीय सांसदभन्दा माथि राखेको, उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्षको मर्यादाक्रम नमिलेको, प्रदेशसभाका उपसभामुखलाई मर्यादाक्रममा नै नराखेको तथा जिल्ला समन्वय समितिका पदाधिकारीलाई नचिनेको भन्दै सांसदहरूले सरकारले जारी गरेको मर्यादाक्रमको विरोध गरेका थिए ।

गत बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले भने नयाँ मर्यादाक्रम मन्त्रिपरिषदले पास गरिसकेको बताउनुभएको थियो । उहाँले राजपत्रमा प्रकाशित हुने चरणमा गएको जानकारी दिनुभएको थियो । सरकारका प्रवक्ताको उक्त भनाइप्रति गृहमन्त्रीले भने अनविज्ञता जनाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू