अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२८ | Colorodo: 00:43

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ३० प्रतिशत निर्माण कार्य सम्पन्न

बिआरटीनेपाल २०७५ चैत ५ गते ९:५३ मा प्रकाशित

राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ३० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । अहिले विमानस्थलको धावनमार्ग बनाउने काम ६० प्रतिशत र समग्र निर्माण कार्य ३० प्रतिशत सम्पन्न भएको आयोजनाका प्रोजेक्ट म्यानेजर विनेश मुनाकर्मीले जानकारी दिनुभएको छ ।

सन् २०२१ जुलाइ १५ मा निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गर्नुपर्ने भएपछि विमानस्थल निर्माणको काम पाएको चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले कामलाई तीव्रता दिईरहेको छ । तीन तहमा निमांण हुने रनवेको काम २ तहको सतप्रतिशत सकिएको छ भने माथिल्लो तहको ६० प्रतिशत काम सकिएकोे छ । चैत मसान्तसम्म रनवेको सम्पूर्ण काम सकिने आयोजनाको दावी छ । सो रनवेमा चैतको अन्तिम बाट आपतकालिन अबस्थामा विमान ल्याण्ड गर्न सक्नेछन् । विमानस्थलमा अहिले हेंकर, टयाक्सी वेको काम भइरहेको छ भने एप्रोन निर्माणको काम अन्तिम चरणमा पुगेको प्रोजेक्ट म्यानेजर विनेश मुनाकर्मीले जानकारी दिनुभयो ।

विमानस्थल निर्माण संगै चारवटा एयरलाइन्सले पोखरालाई बेश बनाउनेछन् । एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत २ प्रतिशत ब्याज र २५ प्रतिशत चीन सरकारको निब्र्याजी ऋणमा विमानस्थल भईरहेको छ । इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्ड अनुसार पोखरामा अव ‘फोर डी’ विमानस्थल बन्ने छ । अन्तर्राष्ट्रिय उड्डयनका लागि आइकाओको मादण्डअनुसार फोर डी मोडलमा वन्ने पोखरा विमानस्थल निर्माण पूरा भए पछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आवतजावत गर्न सक्नेछन् ।

सरकारको प्राथमिकतामा परेकोे विमानस्थलको २०७३ बैशाख १ मा प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा शिलान्यास गर्नुभएको थियो । वि. सं २०३२ सालबाट विमानस्थल निर्माणको लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जामा अहिले सम्म ३ अर्व ५० करोड खर्च भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू