अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०६ | Colorodo: 22:21

प्रचण्डविरुद्ध अमेरिकामा उजुरी, पक्राउ गर्न माग

बिआरटीनेपाल २०७५ चैत ५ गते ९:५० मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अमेरिकामा उजुरी परेको छ । पत्नी सीता दाहालको उचारका लागि भन्दै अमेरिका जानुभएका प्रचण्डलाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी हालिएको हो । अमेरिकाको केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत् तिलकबहादुर श्रेष्ठले बाल्टीमोरस्थित संघीय ब्यूरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै तत्कालीन माओवादीका अध्यक्षसमेत रहेका ‘प्रचण्ड’विरुद्ध उजुरी हाल्नुभएको हो ।

श्रेष्ठले अमेरिकी गुप्तचर संस्था एफबीआईमा उजुरी दिँदै प्रचण्डलाई पक्राउ गर्न माग गर्नुभएको छ । उजुरीमा प्रचण्डलाई ‘परिचित आतंकवादी’ भनिएको छ । प्रचण्डले ‘जनयुद्ध’को समयमा १७ हजार गरिब नेपालीको हत्या गरेको र उहाँको नाम अमेरिकाको आतंकवादीको सूचीमासमेत रहेकाले पक्राउ गरी कारबाही गर्नका लागि आग्रह गरिएको छ ।

पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका प्रचण्ड जोन हकिङ्स अस्पतालमा रहेको जानकारी दिँदै उजुरीकर्ता श्रेष्ठले नैतिक मूल्य र मान्यता, अन्तर्राष्ट्रिय कानुन र अमेरिकाले आतंकवादविरुद्ध लिएको प्रतिबद्धताको आधारमा प्रचण्डलाई पक्राउ गर्नुपर्ने जिकिर गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू