अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४७ | Colorodo: 06:02

विप्लव नेतृत्वको नेकपाको कार्यालयमा प्रहरी हस्तक्षेप

बिआरटीनेपाल २०७५ चैत ४ गते ९:५५ मा प्रकाशित

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीको कार्यालय ‘रातो घर’ मा प्रहरी र राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीहरुले हस्तक्षेप गरेका छन् । कार्यालयमा लगाएको ताल्चा तोडेर नेपाल कम्युनिस्ट पार्टीको नाम लेखिएको मुख्य ब्यानरसहितको झण्डा समेत प्रहरीले आज साँझ हटाएको हो । सो कार्यालय एक दशकदेखि तत्कालीन नेकपा ,त्यसपछि बैद्य समुह र अहिले विप्लव समुहले  कब्जामा लिएको थियो ।

जनयुद्धकालमा राष्ट्रिय वाणिज्य बैंकको कार्यलय रहेको सो भवनलाई सुरुदेखिनै विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टी कार्यालयको रुपमा प्रयोग गर्दै आइरहेको थियो । सो भवनमा रहेका झण्डा र ब्यानर प्रहरीले हटाएको भन्दा पनि माथिको आदेश पालना गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिनुभयो ।सिदार्थ राजमार्गको छेउमा पर्ने यो घर विप्लव नेतृत्वको पार्टीले कब्जामा लिएपछि राष्ट्रिय बाणिज्य बैंक भाडामा बस्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू