अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३३ | Colorodo: 04:48

बार निर्वाचन– दुई समुहमा उम्मेदवार, एजेण्डा एक

बिआरटीनेपाल २०७५ चैत ४ गते ९:४१ मा प्रकाशित

नेपाल वार एशोसियनको आगामी नेतृत्वको लागि दुई समूहले उम्मेदवारी घोषणा गरेका छन् चुनावी सरगर्मी बढेको छ १८ हजार भन्दा बढी मतदाता रहेको बारेको २०७५ चैत्र १६ गते निर्वाचनको मिति तोकिएपछि उम्मेदवार मतदाता फकाउने अभियानमा छन् ।

निर्वाचनको पूर्वसन्ध्यामा सोमबार सञ्चार केन्द्र नेपाल आयोजना गरेको कार्यक्रममा प्रगतिशिल, पेशागत तथा समावेशी कानुन व्यवसायी समूह र लोकतान्त्रिक समूहका उम्मेदवारहरुले आ आफ्नो चुनावी प्रतिवद्धता जनाएका छन् । नेपाल प्रगतिशिल, पेशागत तथा समावेशी कानुन व्यवसायी समूहका अध्यक्षका उम्मेदवार तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले आफूँले बारलाई विधिको शासन कायम राख्न पहल र प्रयास गर्ने संस्थाको रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनुभयो ।

लोकतान्त्रिक समूहका अध्यक्ष सुनिलकुमार पोखरेलले यो निर्वाचन नेतृत्व केन्द्रित होइन नीति केन्द्रित निर्वाचनमा आफ्नो समूह रहेको धारणा राख्नुभयो । उहाँले वारलाई प्राज्ञिक र व्यवसायिक संगठनको रुपमा विकास गर्ने तर्क गर्दै न्याय क्षेत्रमा भएका विविध विकृत्तिहरुलाई नियन्त्रण गर्दै लैजान आफ्नो समूह सक्षम रहेको तर्क गर्नुभयो ।

प्रगतिशिल तर्फका महिला उपाध्यक्षका उम्मेदवार रक्षा बस्यालले नेपालको संविधानले परिकल्पना गरेको महिला तथा समावेशी राज्य व्यवस्थामार्फत जनताको हकलाई क्रियाशिल बनाउँदै आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको लागि आफ्नो समूह सामाजिक अभियन्ताका रुपमा क्रियालिश रहने बताउनुभयो । त्यस्तै प्रगतिशिलतर्फका महासचिवका उम्मेदवार सुरेन्द्र थापाले विगतमा शम्भु थापाहरुको टिमले जस्तै आफ्नो समूहले वारमा भूमिका खेल्ने र विधिको शासन स्थापित गराउन आफ्नो टिम क्रियाशिल रहने बताउनुभयो । उहाँले देशभरको कानुन व्यवसायीहरुको हक हितका निम्ति सिर्जनशिल काममा वारलाई केन्द्रित गराउने तर्क गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू