अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३१ | Colorodo: 06:46

राष्ट्रियसभाबाट पाँच विधेयक पारित

बिआरटीनेपाल २०७५ चैत ४ गते ९:३८ मा प्रकाशित

राष्ट्रियसभाले पाँचवटा विधेयक सर्वसम्मतिले पारित गरेको छ । सभाको बैठकले सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक, नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, लेखापरीक्षण विधेयक, जीवनाशक विषादी व्यवस्थापन विधेयक र विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक सर्वसम्मतिले पारित गरेको हो । यस्तै सभाले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनःपारित गरिएको छ ।

विषयगत समितिका दुई सदस्यको सदस्यता हेरफेर गरिएको छ । सांसद प्रकाश पन्थ र बद्रीप्रसाद पाण्डेको सदस्यता हेरफेर गरिएको हो । सांसद पन्थ राष्ट्रिय सरोकार तथा समन्वय समितिबाट विधायन व्यवस्थापन समितिमा र सांसद पाण्डे विधायन व्यवस्थापन समितिबाट राष्ट्रिय सरोकार समितिका सदस्य बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू