अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३६ | Colorodo: 02:51

बैंकको जथाभावी लगानी रोक्न छुट्टै कानुन – अर्थमन्त्री खतिवडा

बिआरटीनेपाल २०७५ चैत ४ गते ९:३५ मा प्रकाशित

अर्थमन्त्री युवराज खतिवडाले बैंकहरुलाई जथाभावी लगानी नगर्न आग्रह गर्नुभएको छ । उहाले बैंकको त्यस्तो मनोमानी रोक्न छुट्टै कानुन बनाउने तयारी भईरहेको पनि जानकारी गराउनु भयो ।
काठमाडौंको नयाँ बानेश्वरमा नागरिक लगानी कोषको कार्यालय भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले सरकारले बैंक तथा वित्तिय संस्थाहरुलाई नियमन गर्न छुट्टै कानुन बनाउने तयारी गरेको बताउनु भयो ।

उहाले बैंक तथा वित्तिय संस्थाहरुले जथाभावी लगानी गर्ने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले छुट्टै कानुन बनाउने तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले पूँजी बजारमा लगानी बढाउन कोषलाई निर्देशन समेत दिनुभयो । मन्त्री खतिवडाले सरकारी बैंक तथा वित्तिय संस्थाहरुले मौद्रिक बजारमा लगानी गर्न नपाउनेतर्फ पनि सचेत गराउनु भयो । आयआर्जन हुने क्षेत्रमा लगानी गरेर नागरिक लगानी कोषले पूँजी बजारको विस्तारमा योगदान दिनुपर्ने अर्थमन्त्री खतिवडाको भनाइ छ ।

उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन पनि नागरिक लगानी कोषको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

प्रतिक्रिया