अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३३ | Colorodo: 04:48

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तत्काल सुरु गर्नुपर्छ – माधव नेपाल

बिआरटीनेपाल २०७५ चैत ४ गते ९:३२ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गर्न ढिलाई भएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । वरिष्ठ नेता नेपालले सो विमानस्थलको निर्माण कार्य तत्काल अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । सोमबार संघीय संसदको अन्तर्राष्ट्रियसम्बन्ध समितिको बैठकमा बोल्दै उहाँले कुनै पनि बहानामा सो विमानस्थलको निर्माण कार्यमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराउनुभयो ।

वरिष्ठ नेता नेपालले सो विमानस्थलको निर्माणका लागि प्रभावित क्षेत्रका जनताको उचित बसोबासको व्यवस्था गर्ने कार्यलाई तत्काल अघि बढाउन पनि सरकारसँग माग गर्नुभयो । उहाँले रन वे निर्माणका लागि सो क्षेत्रको जग्गा अधिग्रहणको काम सम्पन्न गर्न सरकारले ढिलाई नगर्न नहुने पनि स्पष्ट पार्नुभयो ।

वरिष्ठ नेता नेपालले सो विमानस्थल निर्माणको कामलाई अघि बढाउन स्थानीय जनताले दवाव दिइरहँदा पनि सरकारले चासो नदिएको गुनासो पनि गर्नुभएको छ । स्थानीय जनतासँग आवश्यक परामर्श गरेर सो विमानस्थल निर्माण कार्यलाई सहज ढंगले अघि बढाउन सरकारलाई वरिष्ठ नेता नेपालको सुझाव थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू