अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५३ | Colorodo: 02:08

कांग्रेसमा आङ्दम्बेको नेतृत्वमा अनुशासन समिति गठन

बिआरटीनेपाल २०७५ चैत ४ गते ९:२२ मा प्रकाशित

नेपाली कांग्रेसमा विवादकाविच अनुशासन समिति गठन भएको छ । सभापति देउवाले केन्द्रीय कार्यसमितिका सदस्य भिष्म आङ्दम्बेको नेतृत्वमा अनुशासन समिति गठन गर्ने प्रस्ताव राख्नु भएको थियो ।

त्यसलाई केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मितबाट पारित गरेको छ । पाँच सदस्यीय समितिमा संस्थापन पक्षबाट देवेन्द्रराज कँडेल र किशोर राठोर सदस्य छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षले दुईजनाको नाम दिन बाँकी छ ।

सर्वसम्मतिबाटै मात्रै समितिले निर्णय लिने गरी केन्द्रीय कार्यसमितिले कार्यदेश दिने सर्तमा दुवै पक्षबीच सहमति जुटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू