अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३६ | Colorodo: 10:51

अमेरिकामा नेपाली डायस्पोरा लगानी कोष (एनडिआईएफ)कम्पनी सञ्चालनमा

विजय थापा २०७५ चैत ३ गते २०:५८ मा प्रकाशित

वासिङ्टन डिसी, अमेरिकामा नेपाली डायस्पोरा लगानी कोष (एनडिआईएफ)कम्पनी स्थापना भएको छ । अमेरिकाका विभिन्न राज्य तथा सहरमा बसोबास गर्ने र विभिन्न पेसामा संलग्न व्यक्तिहरूले सञ्चालनमा ल्याएका छन् ।

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत उक्त प्रतिष्ठानका पदाधिकारीहरूले जानकारी गराएका छन् । उक्त पत्रकार भेटघाट कार्यक्रम मार्फत विभिन्न पदाधिकारीहरूले प्रतिष्ठानको पृष्ठभूमि ,परिचय ,उद्देश्य ,योजना ,वर्तमान पदाधिकारीको परिचय दिनु को साथै विभिन्न विषयमा सञ्चारकर्मी तथा सहभागीहरूले राखेका जिज्ञासाको उत्तर दिएका थिए ।

उक्त सम्मेलनमा छापा विज्ञप्ति जारी गर्दै मार्फत संयुक्त राज्य अमेरिकामा बसोबास गरिरहेका नेपाली पेसाकर्मीहरूले नेपाली डायस्पोरा लगानी कोष (NDIF ) नामक सामूहिक लगानी गर्न सकिने कम्पनी स्थापना र सञ्चालन गरेको घोषणा गरेका थिए ।

नेपाल, क्यानडा, लगायत विश्वका विभिन्न मुलुकहरूमा शाखा कार्यालयहरू खोल्दै जाने उद्देश्यका साथ गठन गरिएको कम्पनी भर्जिनिया राज्यमा स्टक कर्पोरेसनको रूपमा जनवरी २०१९ मा दर्ता गरिएको हो ।

नेपालमा रहेका नेपालीहरूको जीवनमा परिवर्तन ल्याउने तथा लाखौँको सङ्ख्यामा रहेका डायस्पोराका नेपालीहरूलाई प्रतिफल प्राप्त हुने गरी सामूहिक लगानीको अवसर उपलब्ध गराउनु हाम्रो प्रमुख उद्देश्य हो । हामी भविष्यमा विश्वभर लगानीका विविध सम्भावनाहरूको खोजी गर्ने योजनामा रहेका छौँ । NDIF मुख्यतया डायस्पोरा नेपालीहरूको स्वामित्वमा उनीहरूद्वारा नै सञ्चालित रहने भएता पनि हामी अन्य सरोकारवालाहरू समक्ष समेत लगानीको लागि खुला गर्नेछौँ भनी छापा विज्ञप्तिमा जनाइएको छ ।

साथै एनडिआईएफ ले प्रमुख रूपले नेपाल सरकारले प्राथमिकता क्षेत्र भनी निर्धारण गरेका स्वच्छ ऊर्जा, पूर्वाधार, पर्यटन, प्रविधि र कृषि उद्योग जस्ता क्षेत्रहरूका साथै उच्च सामाजिक आर्थिक प्रभाव पार्ने र दिगो प्रतिफल दिने अन्य उत्पादनमूलक क्षेत्रहरूमा समेत लगानी विस्तार गर्नेछ भनी जनाएको छ ।

हामीले बढ्दो सङ्ख्यामा रहेका नेपाली डायस्पोरामा विद्यमान रहेको लगानीको विशाल सम्भावनालाई उजागर गर्ने र यसलाई विकासको महत्त्वपूर्ण साझेदारको रूपमा स्थापित गर्ने लक्ष्य राखेका छौँ ।

एनडीआईएफ ले १० करोड कित्ता शेयर प्रति शेयर मूल्य १० डलरका दरले जम्मा १ अरब डलरको शेयर निष्कासन गरेको जनाएको छ । हाल हामी प्राइभेट प्लेस्मेण्टबाट ए वर्ग र बि वर्गका कमन स्टक जारी गर्न गइरहेका छौँ । साथै एनडीआईएफ संयुक्त राज्य अमेरिकाको सेक्युरिटी ऐन १९३३ बमोजिम संयुक्त राज्य अमेरिका तथा अन्य मुलुकहरूबाट इक्विटी शेयरका प्राइभेट प्लेस्मेण्टका लागि संयुक्त राज्य अमेरिकी सेक्युरिटी एण्ड एक्स्च्यान्ज कमिसन (एसईसि ) मा रेगुलेशन डी फाराम दर्ता गराइसकेको जनाएका छन् ।

ए वर्गका कमन स्टकका लागि न्यूनतम शेयर खरिद प्रति शेयर १० डलर पर्ने १००० वटा शेयर गरी जम्मा १० हजार डलर मूल्य बराबर तथा बि वर्गका लागि न्यूनतम प्रति शेयर १० डलरका दरले १०० शेयरको जम्मा एक हजार डलर मूल्य पर्ने शेयर खरिद गर्नु पर्ने प्रावधान राखिएको छ ।

कर्पोरेट सामाजिक उत्तरदायित्वको रूपमा खुद नाफाको बढीमा ५ प्रतिशत रकम स्वास्थ्य, शिक्षा तथा सर्वांगीण मानव विकास लगायतका क्षेत्रमा सामाजिक योगदानका लागि छुट्ट्याउने लक्ष्य राखेको जनाएका छन् ।

पत्रकार सम्मेलन मार्फत सामाजिक क्षेत्रका कामहरूको विस्तार गर्ने उद्देश्यले विभिन्न नेपाली सामाजिक सङ्घसंस्थाहरूसँग मिलेर सहकार्य गर्ने छौँ भनी समेत उल्लेख गरेका छन् ।

छापा विज्ञप्तिको पूर्ण पाठ जस्ताको त्यस्तै :


तस्बिर :राजीव श्रेष्ठ

प्रतिक्रिया