अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४८ | Colorodo: 09:03

विमान दुर्घटनामा निधन भएका व्यक्तिका परिवारलाई माटो र खरानी दिइने

बिआरटीनेपाल २०७५ चैत ३ गते ९:३५ मा प्रकाशित

इथियोपियन एयरलाइन्सले यही मार्च १० मा आफ्नो विमान दुर्घटना हुँदा निधन भएका १५७ जनाका परिवारलाई अन्तिम संस्कारका लागि दुर्घटनास्थलको माटो र खरानी दिने प्रस्ताव गरेको छ । एयरलाइन्सले मृतकका बाँकी रहेका शरीरका भागको पहिचान गर्न समय लाग्ने भएपछि अन्तिम संस्कारका लागि परिवारका सदस्यलाई दुर्घटनास्थलको माटो र खरानी दिने प्रस्ताव गरेको हो ।

दुर्घटनास्थलबाट माटो तथा खरानी संकलन गर्ने तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मृतकका शरीरका अंगको पहिचान गर्न ६ महिनासम्म लाग्ने बताइएको छ । यसले गर्दा अन्तिम संस्कारका लागि माटो र खरानी दिने प्रस्ताव इथियोपियन एयरलाइन्सले गरेको हो ।

इथियोपियनको अडिस अवाबाबाट केन्याको नैरोबीका लागि उडेको बोइङ ७३७ म्याक्स एच विमान मार्च १० तारिखमा दुर्घटना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू