अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१० | Colorodo: 02:25

पोखरामा गाडी चढ्नु हुन्छ ? अब पैसा चाहिँदैन !

बिआरटीनेपाल २०७५ चैत ३ गते ९:३३ मा प्रकाशित

पोखराका बसमा ई–टिकेटिङ सिस्टम लागू गर्ने तयारी थालिएको छ । नयाँ बर्षको सुरुदेखि नै सबै बसहरुमा स्मार्ट कार्ड मार्फत भाडा तिर्ने गरी ब्यवस्थापन मिलाउन लागिएको हो । यसका लागि पोखरा महानगरपालिका, पोखराका बस ब्यवसायीहरु र काठमाण्डौंको एनक्लाउड कम्पनी बीच आइतबार सम्झौता भएको छ ।

यो प्रविधि सुरु भएपछि ब्यवसायीले प्रत्येक यात्रुलाई बिशेष प्रकारको कार्ड उपलब्ध गराउनेछन् । यात्रुले बोकेको त्यही कार्ड गाडीका सहयोगीले मेसिनमा ‘टच’ गराउनेछन् । जिपिएस जोडिएकोले यात्रा गरेको ठाउँको रकम स्वतः कार्डबाट बैंकमा ट्रान्सफर हुनेछ ।

कार्डलाई १ सय ५० रुपैयाँ पर्ने र १ पटकमा १हजार रुपैयाँसम्म राख्न मिल्ने प्राविधिक कम्पनीका सिईओ दिपेन्द्र नारायण श्रेष्ठले जानकारी दिनुभयो । मेसिन चलाउने तालिम पनि कम्पनीले दिनेछ । टिकेटिङ सिस्टम जडान र नियमित सुचारु गर्नका लागि कम्पनीले पोखराका प्रत्येक बसबाट २ हजार २ सय रुपैयाँका दरले खर्च असुल्ने बताईएको छ ।

अहिले ८ सय वटा गाडीमा सिस्टम जडान गरेर सोही अनुसार कार्ड वितरण गर्ने र आवश्यकता अनुसार यसलाई विस्तार गर्ने बताईएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले घरघरमा हुने बस स्टेसन यो ब्यवस्थापछि हट्ने र निश्चित स्टेसन कायम हुने बताउनुभयो । जिसीले पोखराको ट्राफिक ब्यवस्थापनको पहिलो चरणमा कार्ड सिस्टम लागू गर्न लागेको उल्लेख गर्नुभयो ।

तत्काल पोखरा नगरभित्रका गाडीमा जडान गर्ने र पछि लामो दुरीका गाडीमा पनि यो सिस्टम चलाउने पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले बताउनुभयो । पोखरामा रहेका पृथ्वी बस समिति सहित पोखरा बस ब्यवसायी समिति, स्थानीय श्रृंगा यातायात, बेगनासताल बस सञ्चालक समिति, विन्ध्यवासिनी बस ब्यवसायी समिति, पोखरा फेवा यातायात प्रालि, र ट्याक्सी ब्यवसायी समितिले ई–टिकेटिङ सिस्टममा जान राजी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू