अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२० | Colorodo: 05:35

कांग्रेस शीर्ष नेताको बैठक बूढानीलकण्ठमा

बिआरटीनेपाल २०७५ चैत ३ गते ९:३० मा प्रकाशित

भोलि (सोमबार) देखि बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा पेश गरिने एजेण्डाबारे छलफल गर्न कांग्रेस शीर्ष नेताको बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सुरु भएको छ । सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सभापति देउवा इतरका नेताहरुले उहाँविरुद्ध मोर्चा बन्दी गर्ने घोषणा गरेका बेला बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीलाई बोलाउनुभएको हो ।

सोमबार बस्ने केन्द्रीय समिति बैठकमा पार्टीका अनुशासन आयोगसहित अरु केही आयोग र नेविसंघको महाधिवेशनका लागि तदर्थ समिति बनाउने विषयमा निर्णय हुँदैछ । सभपाति देउवाले बहुमतका आधारमा महासमितिले दिएको निर्देशनविपरीत विधानलाई अनुमोदन गरेको र अरु महत्वपूर्ण निर्णय पनि बहुमतकै आधारमा हुन लागेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले फागुन ९ गते बोलाइएको केन्द्रीय समितिको बैठक बहिस्कार गरेको थियो ।

देउवा इतरका नेताले फागुन १२ गते चाक्सीबारीस्थित प्रकाशमान सिंहको घरमा भेला भएर सभापतिको कार्यशैलीविरुद्ध एक जुट हुने घोषणा गरेका थिए । सभापतिको कार्यशैल नसच्चिए सोमबारको बैठक पनि बहिस्कार गर्ने चेतावनी पौडेल र सिटौला समूहले चेनावनी दिएपछि देउवाले छलफलका लागि नेताहरुलाई बोलाउनुभएको हो । बैठकमा वर्तमान तथा पूर्व पदाधिकारीहरुको उपस्थिति रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू