अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३३ | Colorodo: 17:48

पोखरामा होली म्युजिक फेष्टिवलको तयारी पूरा

बिआरटीनेपाल २०७५ चैत ३ गते ९:२९ मा प्रकाशित

फागु पूर्णिमाको दिन पोखरामा हुने होली म्युजिक फेष्टिवलको तयारी पूरा भएको छ । पोखरा सांगीतिक कलाकार संघ, नेपालले आइतबार पत्रकार सम्मेलनमा होली म्युजिक फेष्टिवलको सबै तयारी पूरा भएका जानकारी गराएको हो । पोखरेली कलाकार संघ, नेपालले कलाकारहरुको उपचार अक्षयकोष स्थापना गर्ने उद्देश्यले होली फेष्टिवल गर्न लागेको हो । पोखरा लेकसाइडको हल्लनचोकस्थित क्याम्पिङचौरमा विहान ११ बजेदेखि वेलुकी ६ बजेसम्म सांगीतिक कार्यक्रम गर्ने भएको हो ।

म्युजिक फेष्टिवलमा डिजे सेसन, सोलो आर्टिस्टहरुको सोलो म्युजिक प्रस्तुति, चर्चित व्याण्डहरुको प्रस्तुति रहने संघका अध्यक्ष सुनिल थापाले जानकारी दिनुभयो । म्युजिक फेष्टिवलअन्तरगत विहानको ११ बजेदेखि दिउँसो २ बजेसम्म डिजे सेसन हुनेछ । २ बजेदेखि ३ः३० सम्म विनोद वानिया, भाई गुरुङ, एन जे सागर शाह, आनन्दराज बज्राचार्य, प्राप्ती तुलाचन र बबी सुनारलगायतको सोलो आर्टिस्टहरुको प्रस्तुति रहनेछ । त्यस्तै, ३ः३० बजेदेखि बेलुकी ६ बजेसम्म कन्दरा ब्याण्ड, डि–मर्चा, लेकाली र देउरालीलगायतका ब्याण्डहरुको प्रस्तुति रहनेछ ।

कार्यक्रममा प्रवेश निःशुल्क रहेको छ । कार्यक्रमका लागि अमेरिका, वेलायत, जापान, हङकङ लगायतको विदेशबाट आर्थिक सहयोग मिलेको अध्यक्ष थापाले बताउनुभयो । कार्यक्रमबाट करिब १४ लाख आर्थिक संकलन हुने कार्यक्रम सम्पन्न गर्न ६ लाख खर्च हुने बताइएको छ । संकलित आर्थिक रकममध्येबाट ८ लाख वचत हुने र बचत रकमलाई कलाकार अक्षयकोषमा बृद्धि गरिने बताईएको छ ।

प्रतिक्रिया