अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२५ | Colorodo: 07:40

तत्काल मन्त्रिपरिषद पुनर्गठन हुँदैन – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ चैत ३ गते ९:२७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन नहुने बताउनुभएको छ । आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दैै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद तत्काल पुनर्गठन नहुने बताउनुभएको हो । नेकपा अर्का अध्यक्ष प्रचण्डले एक साताअघि विराटनगर नै पुगेर मन्त्रिपरिषद तत्काल पुनर्गठन हुने बताएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तत्काल मन्त्रीमण्डल पुर्नगठन नहुने तर खाली रहेको मन्त्रालयले उपर्युक्त समयमा पूर्णता पाउँने उल्लेख गर्नुभयो । तर, मन्त्रीहरु हेरफेर भने संभावना नरहेको उहाको भनाई थियो ।

एक फरक प्रसंगमा प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा अनधिकृत झुण्ड भएको टिप्पणी गर्नुभयो । “जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो,” प्रधानमन्त्रीले भन्नुभयो– ‘त्यस्तालाई सरकारले चिन्दैन ।’ उहाँले विप्लव समूह राजनीतिक दल नभएको उल्लेख गर्दै उक्त समूहले गरेका विध्वंसात्मक गतिविधिलाई प्रतिबन्ध लगाइएको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले विप्लव समूहबारे धारणा राख्दा सचेत हुन नेताहरुलाई आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू