अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०४ | Colorodo: 14:19

नेकपा अध्यक्ष प्रचण्ड अमेरिका प्रस्थान

बिआरटीनेपाल २०७५ चैत ३ गते ९:२४ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गर्नुभएको छ । श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड अमेरिका जानुभएको हो ।  आज त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अमेरिकामा भएका साथीहरुले पार्किन्सन्सको नयाँ प्रविधिबाट उपचार सुरु भएको जानकारी गराएको र श्रीमती सीता दाहालले पनि पटक, पटक अमेरिकामा गएर उपचार गराइदिन जोड गरेपछि आफू जान लागेको बताउनुभयो ।

पार्किन्सन रोगबाट ग्रस्त सीता दाहालको अमेरिकाको बाल्टीमोरस्थित जोन हकिङ्स अस्पतालमा उपचार गरिने जनाइएको छ ।स्वास्थ्य उपचारका लागिमात्रै जान लागेको भएपनि त्यहाँ रहँदा अमेरिकी सरकारका प्रतिनिधिहरुसित अनौपचारिक भेटघाट हुनसक्ने पनि अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो । श्रीमतीको उपचार सकेर आफू ७ देखि १० दिनमा नेपाल फर्कने उहाँको भनाई छ ।

अध्यक्ष प्रचण्डले पार्टी एकतालाई अन्तिम रूप दिन पनि अलिक ढिलो भइरहेको भन्दै त्यसलाई टुंग्याउन पनि र अन्य राजनीतिक विषयमा घनिभुत छलफल बाँकी भएकाले चाडै फर्कने उल्लेख गर्नुभयो । हिजोका परिवर्तनहरू सामान्य राजनीतिक परिवर्तन भए पनि यो पटकको परिवर्तन ठूलो सिस्टमा नै परिवर्तन भएकाले यसका लागि थुप्रै नयाँ संरचना नयाँ कानुन र अभ्यासको आवश्यकता रहेको उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू