अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४१ | Colorodo: 16:56

नेपाली चलचित्र ‘तुलसी’ को ‘सिम सिम पानी’ सार्वजनिक

बिआरटीनेपाल २०७५ चैत ३ गते ९:१० मा प्रकाशित

बोधी एच डी तथा 8848 मिडियाको डिजिटल माध्यमबाट विश्वव्यापी प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘तुलसी’ को ‘सिम सिम पानी’ (‘सिम सिमे छपै छपै सिम सिम पानी’) बोलको गीत आज युट्युबमा सार्वजनिक गरिएको छ ।

वरिष्ठ चलचित्र तथा नृत्य निर्देशक राजु साहको कोरीयोग्राफी रहेको यो गीतमा आशा भोसले – भ्वाईस अफ वलिवुड ले स्वर दिएकी छिन भने वरिष्ठ सङ्गीतकार रञ्जित गजमेर सङ्गीत भरेका छन् ।

मिजास ईन्टरटेनमेन्ट एन्ड मिडिया प्रा. लि.को ब्यानरमा चलचित्रको शङ्कर घिमिरेको निर्माण तथा निर्देशन एवं ऋचा घिमिरेको प्रस्तुति रहेको छ भने ऋचा घिमिरे एवं धम्पुस, कास्कीका स्थानीय बाल बालिकाहरूका साथमा छायाङ्कन गरिएको यो गीत सबै उमेरका दर्शकहरूले चलचित्रको अघिल्लो गीत झैँ मन पराई दिने कुरामा चलचित्र निर्माण पक्ष विश्वस्त छ ।

स्मरण रहोस् ‘मेलाको रम झम’ बोल रहेको ‘तुलसी’ को अघिल्लो गीतको लाखौँ ओर्गानिक युट्युब भ्युर्स रहेका छन् ।

प्रतिक्रिया