अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४० | Colorodo: 01:55

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको साधारण सभा सम्पन्न

बिआरटीनेपाल २०७५ चैत २ गते १०:१० मा प्रकाशित

लिस्वोन, राजधानी लिस्वोनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास),पोर्चुगलको साधारण सभा, अनेसास केन्द्रीय मुख पत्र अन्तर्दृष्टि ४३औँ अङ्क विमोचन तथा अनेसास आजीवस सदस्य प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लिस्वोनका लागि नेपाली अवैतनिक बाणीज्यदूत मकर बहादुर हमालद्धारा द्धिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । नेपाली राष्ट्रिय गीत गाएर सुरु गरिएको उक्त कार्यक्रममा अनेसास, पोर्चुगलका वरिष्ठ उपाध्यक्ष कृष्ण कँडेल “जिज्ञासु”ले स्वागत मन्वब्य राखेका थिए ।

कार्यक्रममा विशेष अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)का केन्द्रीय उपाध्यक्ष सुनिल सङ्गम,गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य नरेन्द्र बहादुर हमाल, गैर आवासीय नेपाली सङ्घ,पोर्चुगलका अध्यक्ष कुवेर कार्की,नेपाली नारी समाज,पोर्चुगलकी अध्यक्ष सीता बराल, नेपाल पत्रकार महासङ्घ,युरोप शाखाका महासचिव योगेन्द्र मिलन छन्त्याल लगायतका वक्ताहरूले नेपालका भाषा र नेपाली साहित्यको विकास,संवर्धन र प्रचार प्रसारका लागि सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा समाजकी सचिव सबि श्रेष्ठले संस्थाको प्रगति प्रतिवेदन पेस गरेकी थिइन भने कोषाध्यक्ष सञ्जय लामाद्धारा संस्थाको आर्थिक प्रतिवेदन पेस गरिएको थियो ।

हालै प्रकाशित भएको अनेसास केन्द्रीय मुख पत्र “अन्तर्दृष्टि ४३औँ अङ्कको कार्यक्रम प्रमुख मकर बहादुर हमालद्धारा विमोचन गरिएको थियो भने पोर्चुगलबाट २०१८ मा नयाँ बनेका १८ जना आजीवन सदस्यहरूलाई प्रमाण पत्र पनि वितरण गरिएको थियो ।

कार्यक्रममा अनेसास,पोर्चुगलको संशोधित विधान २०१८ बमोजिम थप दुई जना सर्जकहरू यादव देवकोटा र अरुण भेटवाललाई सदस्यमा मनोनीत गरी प्रमाण पत्र प्रदान गरिएको थियो ।

अनेसास, पोर्चुगलका अध्यक्ष वाई.बि. गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन समाजका महासचिव विनोद प्रसाद धिमाल “स्पन्दन”ले गरेका थिए ।

फोटो : सबि श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू