अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२४ | Colorodo: 03:39

नेपालकी इन्दिरा रानामगर १९ देशका नारीसँगै अमेरिकामा सम्मानित

बिआरटीनेपाल २०७५ चैत २ गते ७:५३ मा प्रकाशित

नेपालकी सामाजिक अभियन्ता इन्दिरा रानामगर अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न १९ देशका नारीसँगै अमेरिकामा सम्मानित हुनुभएको छ । १५५ भन्दा बढी देशका वाणिज्यदूतावासको संगठन ‘सोसाईटी अफ फरेन कनुल्स न्यू योर्क’ले नारी दिवसको अवसरमा १९ देशका अन्य नारीसँगै नेपालकी इन्दिरालाई सम्मान गरेको हो। उहाँ प्रिजनर्स एसिस्टेन्स नेपालकी संस्थापक अध्यक्ष हुनुहुन्छ ।

सोसाइटीले पहिलो पटक सन् २०१८ मा नेपाली सामाजिक अभियन्ता तथा अमेरिकाको जर्सी सिटी शहरका मेयरकी सल्लाहकार डा. विष्णुमाया परियारलाई सम्मान गरेको थियो। रानामगरले विगत २८ वर्षदेखि जेलमा बन्दी जीवन बिताइरहेका १० हजारभन्दा बढी बन्दीलाई आफ्नो संस्थामार्फत् स्वास्थ्य उपचार, शिक्षा, मानवअधिकार र उद्धार स्याहार पुर्याउँदै आउनुभएको छ । उहाँले अहिलेसम्म अभिभावक जेलमा परेका र अभिभावक बिहिन १६ सय बढी बालबालिकालाई संरक्षण दिनुभएको छ । ईन्दिराले त्यसका लागि १६ वटा बालगृह बनाउनुभएको छ ।

उहाँलाई यसअघि २०१४ मा विश्व प्रसिद्ध ‘वर्ड चिल्ड्रन अनरेरी पुरस्कार’ प्रदान गरिएको थियो। सँगै बिबिसी रेडियोले सन् २०१७ मा विश्वभरबाट ‘बिबिसी १०० प्रेरणादायी महिलाको रूपमा इैन्दिरालाई चुनेको थियो।

सन् २००५ मा अमेरिकाको अशोका फउण्डेशनको अशोका फेलो सम्मान प्राप्त गरेकी सामाजिक अभियन्ता रानामगरले नेपालमा समेत विभिन्न पुरस्कार पाउनुभएको छ । सन् २००९ मा उहाँलाई एशिया सोसाइटीले ‘एशिया २१ युवा नेता सार्वजनिक सेवा पुरस्कार’ प्रदान गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू