अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२१ | Colorodo: 18:36

साफ च्याम्पियनसिप – बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता, सेमिफाईनलमा प्रवेश

बिआरटीनेपाल २०७५ चैत २ गते ६:०४ मा प्रकाशित

साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशलाई पराजित गर्दै नेपाल समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । शनिबार शहीद रंगशालामा भएको खेलमा बंगलादेशलाई ३–० ले हराउँदै नेपालले उक्त स्थान पक्का गरेको हो । योसँगै नेपाल समूह विजेताको रूपमा अन्तिम ४ मा प्रवेश गरेको छ ।

नेपालको तर्फबाट सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले एक एक गोल गर्न सफल भए । अर्को एक गोल भने बंगलादेशले आत्मघाति गरेको थियो ।

नेपालले तीन वटै गोल पहिलो हाफमा गर्न सफल भएको हो । दोस्रो हाफमा भने नेपालले गोल थप्न सकेन । समूह ‘ए’मा नेपालले दुई खेलबाट ६ अंक जोडेसँगै ऊ समूह विजेता बनेको छ । समूह चरणका दुवै खेलमा पराजित हुँदै भुटान प्रतियोगिताबाट बाहिरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू