अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१७ | Colorodo: 15:32

सरकारले सिके राउतसँग गरेको सम्झौता राष्ट्रघाती – कांग्रेस सभापति देउवा

बिआरटीनेपाल २०७५ चैत २ गते ५:३३ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशमा आन्दोलन गर्दै आएको सिके राउतसँग सरकारले गरेको सम्झौता राष्ट्रघाती भएको टिप्पणी गर्नुभएको छ । नेपाल प्रेस युनियन पाल्पा शाखा तानसेनले शनिबार गरेको पत्रकार भेटघाटमा देउवाले सहमति भएको केही समयमै सिके राउतका समर्थकले ’नयाँ देश मधेसमा स्वागत छ’ भन्दै निकालिएको जुलुसले यसको पुष्टि गरेको दाबी गर्नुभयो ।

सभापति देउवाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई हत्या हिंसा छोडेर वार्तामा आउन आग्रह समेत गर्नुभयो । वार्ताको विकल्प नभएकोले सरकारले वार्ताका लागि आह्वान गर्नुपर्ने र विप्लव हिंसा छोडेर छलफलका लागि आउनुपर्नेमा देउवाको जोड थियो । ओली सरकारको एक वर्ष उखान टुक्कामै वितेको देउवाको आरोप थियो ।

महाधिवेशन आउन थालेका कारण पार्टीमा नेताहरूबीच तिक्तता बढेको पनि देउवाले उल्लेख गर्नुभयो । वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति बन्ने इच्छा भएकाले पनि आफुले गरेको निर्णयलाई अस्वीकार गर्नु स्वाभाविक रहेको उहाँको भनाई थियो । सभापति देउवाले गिरिजा प्रसाद कोईरालाले ल्याएको संविधानविपरीत हिन्दु धर्मको पक्षमा वकालत नगर्न नेता शेखर कोइरालालाई आग्रह पनि गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू