अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२८ | Colorodo: 04:43

कोलोराडोमा नेपाल नाइट २०१९ सम्पन्न

बिआरटीनेपाल २०७५ चैत २ गते ९:२९ मा प्रकाशित

बोल्डर, नेपालीज स्टुडेन्ट एसोसिएसन, कोलोराडो युनिभर्सिटीले गत हप्ता नेपाल नाइट २०१९ भव्य रूपमा सम्पन्न गरेको छ । युनिभर्सिटीका नेपाली विद्यार्थी समूहले गत ७-८ वर्ष देखि नेपाली कला र संस्कृतिलाई नेपाल नाइटको रूपमा प्रदर्शन गर्दै आइरहेका छन् । 

उक्त कार्यक्रममा प्रमुख आकर्षक गायक नितेश जङ कुँवर थिए । उनले आफ्ना पपुलर गीतहरू, गरे जस्तो जिन्दगी, आश्मा, हाम्रो नेपालमा, फ्लर्टी माया आदि गीत सुनाएर मनोरञ्जन दिलाएका थिए ।

गत शनिवार सम्पन्न उक्त कार्यक्रममा बाक्लो नेपाली तथा बिदेशी दर्शकहरूको उपस्थिति थियो । नेपाली र अङ्रेजी भाषाको राष्ट्रिय गानबाट कार्यक्रमको थालनी भएको थियो । कुशलता सुबेदी, अस्विन मल्ल र सोनाली रेग्मीको नृत्य निर्देशनमा विभिन्न चरणमा नेपाली विद्यार्थीहरूले आकर्षक नृत्यबाट मनोरञ्जन दिएको उक्त कार्यक्रममा समूहको साङ्गीतिक प्रस्तुति गरेका थिए । 

बेनी महत र कौशल सुबेदीको निर्देशन र लेखनमा चार वटा छोटो चलचित्र प्रदर्शन गरिएको दर्शकद्वारा पनि निकै रुचाइएको थियो । कार्यक्रमको सञ्चालन आशुतोष अधिकारी र प्रदिब्य श्रेष्ठले गरेका थिए । Photo: Kaushal Subedi

 

प्रतिक्रिया