अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५३ | Colorodo: 15:08

नयाँ परिपाटीको सुरुवात गर्दै अनेसास ह्युस्टनको नयाँ कार्य समिति चयन

बिआरटीनेपाल २०७५ फागुन ३० गते २२:५४ मा प्रकाशित

प्रवासमा रहेर नेपाली भाषा र साहित्यको उत्थान र सम्बर्द्वनको लागि भूमिका खेल्दै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, हिउस्टन च्याप्टर अमेरिकाले कमलमणि पन्थीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।नेपाली साहित्यलाई प्रवासको व्यस्त जीवनमा पनि निरन्तरता दिई रहन, नयाँ पुस्तामा पनि नेपाली भाषाको निरन्तरता बनाइ राख्न र निरन्तर नेपाली संस्कृतिको जगेर्नाको लागि लागिपरेको यस संस्थाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै नयाँ कार्यक्रमहरू समेत थप्दै अगाडी बढ्ने प्रणसहित नयाँ कार्य समितिको सर्वसम्मत चयन गरेको छ ।

यस कार्य समितिको अध्यक्षमा कमल पन्थी उपाध्यक्षमा वासु पौडेल, मुना पौडेल, सतिश त्रिपाठी महासचिवमा अमृत लामिछाने सचिवमा प्रकाश लुइँटेल कोशादक्षमा शेष बराल सदस्यहरूमा प्रभा निरौला, सदिक्षा रेग्मी, बसिल अर्याल, सोमुना सुबेदी, मोदनाथ सोडा, विनोद पोख्रेल, विजय झा, सुनिता लम्साल, कञ्चन कोइराला, उषा पन्थी, अमृत कँडेल, विदुर दवाडी, दीपेन्द्र गौतम, लक्ष्मण कँडेल, मिलन पाठक, निल हरि आचार्य, राजीव घिमिरे, सरिता सापकोटा, प्रकाश कँडेल रहनु भएको छ भने प्रमुख सल्लाहकारमा राजेन्द्र श्रेष्ठ रहनु भएको छ ।

नयाँ कार्य समिति चयन लगत्तै बसेको पहिलो बैठकले निवर्तमान अध्यक्ष तथा सम्पूर्ण कार्य समितिलाई धन्यवाद प्रस्ताव सर्व सम्मतले पारित गरेको थियो । यसका साथै उक्त बैठकले वार्षिक कार्यक्रमहरूको क्यालेन्डर नै बनाएर अगाडी बढ्ने निर्णय गरेको छ। नेपाली पाठशालालाई नियमित र प्रभावकारी बनाउन, अभिभावकहरू तथा पाठ्यक्रम विज्ञहरूको सहभागितामा विशेष कार्यक्रम गर्न लागिएको संस्थाका नव निर्वाचित उपाध्यक्ष वासु पौडेलले जानकारी गराउनु भयो ।

नयाँ परिपाटीको सुरुवात
संस्थाका नवनिर्वाचित अध्यक्ष कमलमणि पन्थीले संस्था दिगोरुपमा सञ्चालन गर्न र यसका कार्यक्रमहरू प्रभावकारी बनाउन संस्था आर्थिक रूपले सबल हुने पर्ने र त्यसका लागि हरेक दिन प्रत्येक सदस्यले एक क्वार्टरका दरले जम्मा गरेमा बर्सिक बैठकमा सामूहिक खुत्रुकेमा जम्मा गर्ने योजना प्रस्ताव गर्नुभएको थियो। यस प्रस्तावलाई उपस्थित सम्पूर्ण सदस्यलेसर्बसम्मतले पारित गर्दै पहिलो बैठक बाटनै अर्थसंकलन सुरु गरी नयाँ परिपाटीको सुरुवात गरिएको थियो।

नयाँ कार्यक्रमको रूपमा आगामी महिना देखिनै मासिक रूपमा साहित्य लेखन र वाचनलाई प्रोत्साहन गर्न “मासिक साहित्यिक डबली” सुरु गर्ने निर्णय गरिएको छ। उक्त कार्यक्रममा विभिन्न विधाका रचनाहरू लेखन सम्बन्धी तालिम तथासैधान्तिक छलफल गराउन पहल गरिने निर्णय गरिएको संस्थाका नवनिर्वाचित महासचिव अमृत लामिछानेले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू