अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३९ | Colorodo: 21:54

पोर्चुगलमा नेपाली चलचित्रको धार माथि विशेष अन्तरक्रिया सम्पन्न

वाई. बि. गुरुङ २०७५ फागुन ३० गते ११:४१ मा प्रकाशित

लिस्वोन, नेपालका वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बाज्यूको प्रमुख आतिथ्यमा राजधानी लिस्वोनमा एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

“नेपाली चलचित्रको वर्तमान अवस्था र नेपाली चलचित्रको “धार” विषयक विशेष अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि निर्देशक सुब्बाले नेपाली चलचित्रको धार र विकासक्रमका बारेमा चर्चा गर्नु भएको थियो । विगत ३ दशक देखी नेपाली चलचित्र क्षेत्रमा कृयाशिल निर्देशक सुब्बाले नेपाली चलचित्रको विकासगर्नुमा राज्यले प्रमुख रूपमा भूमिका खेल्नु पर्ने बताए ।

सुब्बाद्धारा निर्देशित पहिलो शेर्पा भाषा तथा संस्कृतिका बारेमा नेपाली चलचित्र “खाङ््ग्री” मार्फत नेपाली चलचित्रलाई विश्व बजारमा परिचित गराउने पहिलो निर्देशक सुब्बाले लिम्बु भाषा तथा संस्कृतिमा आधारित “नुमाफुङ्ग” चलचित्र पनि उनैले निर्माण गरेका हुन । नेपाली चलचित्रको वास्तविक धार निर्माण हुनु र गर्नु पर्दछ भन्ने उद्देश्यले विगत तिन दशक देखी यस क्षेत्रमा लागेका निर्देशक सुब्बा हाल “गुड बाई काठमाडौँ ” नामक नेपाली चलचित्रको युरोप व्यापी प्रदर्शनका लागि पोर्चुगल आएका थिए ।

विशेष गरी नेपालका आदिवासी जनजातिहरूको भाषा,संस्कृति र रहन सहन माथिको वास्तविकता नै नेपालको मौलिकता हो भन्ने मान्यता राख्नु हुने निर्देशक सुब्बाले “ नेपाली चलचित्र उधोगको ६० दशक बिती सक्दा पनि अझै सम्म यस उधोगमा लागेका व्यक्ति वा समुदायहरूले बुझ्न नसकेको तितो यथार्थता बिच आफूले यसको सुरुवात गरेको जिकिर गर्दै यस कार्यका लागि राज्यको पहिलो दायित्व हो भने दोस्रो दायित्व सामाजिक अभियन्ता, राजनीतिक पार्टी, युवा युवती सम्पूर्ण आम नागरिकको सकारात्मक भूमिका हुनु जरुरी रहेको कुरा तर्फ जोड दिएका थिए ।

‘नेपाली चलचित्रको धार पुरै हिन्दी भाषा र बलिउडमा आधारित भएको प्रति चिन्थी हुँदै सुब्बाले ‘अब,नेपाली चलचित्रको धार बदलिनु आवश्यक भएकोले आफू यस तर्फ केन्द्रित रहेर फिल्म बनाउने गरेको बताउँदै “ गुड बाई काठमाडौँ” पनि यही अभियानको एक उदाहरण भएकोले पनि सम्पूर्ण नेपालीहरूले एक पटक गुड बाई काठमाडौँ हेर्नु पर्ने बताए ।

आदिवासी जनजाति महासङ्घ,पोर्चुगलद्वारा आयोजना गरिएको उक्त अनर्तरकृया कार्यक्रममा नेफिन पोर्चुगलका कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पाको अध्यक्षतामा, नेफिन, पोर्चुगलका उपाध्यक्ष हेम गुरुङले स्वागत मन्तव्य राखेका थिए भने महासचिव मदन लिम्बुले सञ्चालन गरेका थिए ।

कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ,पोर्चुगलका अध्यक्ष कुवेर कार्की,उपाध्यक्ष द्धया नारायण काजी थापा, गोविन्द सापकोटा, नेपाली जनप्रगतिशील एकता मञ्च,पोर्चुगलका सचिवालय सदस्य गोविन्द पौड्याल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास),पोर्चुृगलका अध्यक्ष वाई.बि.गुरुङ, तामाङ समाज,पोर्चुगलकी अध्यक्ष सुनिता तामाङ, शेर्पा एशोसिएबन पोर्चुुगलका अध्यक्ष ओङ्गेल लामा, नेपाल पत्रकार महासङ्घ,युरोप शाखाका महासचिव योगेन्द्र मिलन छन्त्याल, लगायतका वक्ताहरूले आ-आफ्नो सुझाव तथा प्रतिक्रिया राखेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू