अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५१ | Colorodo: 10:06

छोरीको जन्मदिनमा धुर्मुस सुन्तलीको १ लाख सहयोग

बिआरटीनेपाल २०७५ फागुन ३० गते ११:२० मा प्रकाशित

चर्चित हाँस्यकलाकार तथा समाजसेवी द्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोगको घोषणा गरेका छन् । बिहीबार बिहान एक स्ट्याटस पोस्ट गर्दै धुर्मुस सुन्तलीले आफ्नो छोरी सुबिहानी कट्टेलको जन्मदिनको अवसरमा उक्त सहयोगको घोषणा गरेका हुन् ।

सुबिहानीको जन्मउत्सवको अवसरमा धुर्मुस सुन्तलीले कुनै विशेष कार्यक्रमको आयोजना नगरी रङ्गशाला निर्माणलाई सहयोग गरेका हुन् । ‘हाम्री प्यारी छोरी सुबिहानीको जन्मदिनको अवसरमा हामी निर्माणाधिन रङ्गशालाका लागी सहयोग गर्न चाहान्छौं’ उनले लेखेका छन् ‘हाम्रा हरेक विशेष अवसरलाई यसरी नै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ ।’

धुर्मुस सुन्तली छोरी जन्मिएको ८ महिना पछिनै निरन्तर सामाजिक काममा अघि बढेका धुर्मुस सुन्तलीले आफ्नी छोरीसँग धेरै समय बिताउन पाएका छैनन् । तर यसपालिको छोरीको जन्मदिनमा भने पुरै दिन छोरीलाई समय दिने सुन्तलीको योजना छ । रङ्गशालाको विशेष कामले चितवन पुगेका धुर्मुस सुन्तली बुधवार बेलुकी मात्र काठमाडौँ फर्किएका छन् ।

अहिले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को फिल्डको काम भइरहेको छ । केही समयमै रङ्गशालाको डिपिआर र डिजाइनको काम सम्पन्न हुने धुर्मुस सुन्तली बताउँछन् । 

प्रतिक्रिया