अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

१६ अधिकारकर्मी गिरफ्तार

बिआरटीनेपाल २०७५ फागुन २९ गते ९:५१ मा प्रकाशित

मानव अधिकार तथा शान्ति समाजले २०७५ फागुन २९ गते प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि आयोजना गरेको विरोध प्रदर्शनबाट प्रहरीले घेराबन्दी गरेर विख्यात अधिकारकर्मी कृष्ण पहाडीसहित १६ अधिकारकर्मीलाई गिरफ्तार गरेको छ ।

२०७५ फागुन २४ गते नेपाल सरकार र सी के राउतबिच भएको ११ बुँदे अपराधजन्य सहमति र सत्ताद्वारा सार्वभौमसत्तामाथि खेलबाडको विरोधमा शान्ति समाजले विरोध प्रदर्शन आयोजना गरेको हो ।

विरोध प्रदर्शनबाट प्रहरीले पहाडीसहित समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरू नम्रता खरेल, गीता तिमल्सिना, अधिकारकर्मीहरू ईश्वर पुडासैनी, विपी पौडेल, बाबुराम न्यौपाने, विनीत अर्याल, नानीकाजी गिरी, भगवान् पुडासैनी, अर्जुन लामिछाने, भक्त लिम्बु, नामबहादुर पुनसहित १६ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।

विरोध प्रदर्शनमा ११ बुँदे नौटङ्की अपराधजन्य सहमति, सार्वभौमसत्तामाथि खेलबाड बन्द गर लगायतका प्लेकार्ड बोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू