अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१२ | Colorodo: 21:27

नेपाली तारा सन्तोषको ‘चाइनाको रेल’ सार्वजनिक [भिडियो]

बिआरटीनेपाल २०७५ फागुन २९ गते ९:४५ मा प्रकाशित

दोस्रो ‘नेपाली तारा’ बन्न सफल गायक सन्तोष लामाको आवाजमा ‘चाइनाको रेल’ बोलको गीत सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रहेको गीतमा हरि लम्सालको सङ्गीत छ । सन्तोषले यस पटक केही फरक शैलीमा गीत एवम् म्युजिक भिडियो तयार पारेका छन् । सन्तोषको यो गीतमा हास्य कलाकार सन्दीप क्षेत्रीको साथमा, यो गीतको भिडियोमा गायिका इन्दिरा जोशी, मुस्कान रानी, गायक सन्तोष लामा र क्रिस्टल क्लज ग्रुपको नृत्य छ ।

सन्देशजंग रानाको सम्पादन रहेको भिडियोमा सुसन प्रजापतिको छायाङ्कन, क्रिस्टल क्लजको कोरियोग्राफी छ । भिडियोलाई सन्दीप क्षेत्री र सन्देश जङ्ग रानाले निर्देशन गरेका हुन् । अनिल केसी भिडियोका प्रस्तुतकर्ता हुन् ।

यसैबिच, यो भिडियोको कभर भिडियो तयार पार्ने व्यक्ति वा समूहमध्येबाट उत्कृष्टलाई नगद १ लाख ११ हजार १ सय ११ नगद पुरस्कारको समेत घोषणा गरिएको छ ।

यस्तै, नेपालमै पहिलो पटक उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई २२ हजार नगदको समेत घोषणा गरिएको छ ।

गीतकार कृष्ण केसीको यसअगाडि ‘आफ्नो मन, नजाउ टाढा, लुकीछिपी, कसले सुरुवात’ जस्ता गीत बजारमा आइसकेका छन् । भिडियोलाई केही रमाइलो र केही फरक सोचका साथ तयार पारिएको गायक लामाले जानकारी दिनु भयो । 

प्रतिक्रिया