अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

आज देखी दुई चलचित्र निर्माता सङ्घ विधिवत रूपमा एक

बिआरटीनेपाल २०७५ फागुन २९ गते ९:२१ मा प्रकाशित

नेपाली चलचित्र उद्योगको छाता सङ्गठनको रूपमा रहेको नेपाल चलचित्र निर्माता सङ्घ र विभाजित अवस्थामा रहेको चलचित्र निर्माता सङ्घ नेपाल विधिवत रूपमा एकीकरणको प्रक्रिया पुरा भएको छ । नेपाली चलचित्र उद्योगको सर्वागिण विकासलाई मार्ग प्रशस्त गर्ने दिशामा यो एक ऐतिहासिक दस्ताबेजका रूपमा इतिहासमा दर्ज हुनेछ र विगतका तमाम असमझदारीहरूको अन्त्य हुने विश्वासका साथ तपसिल बमोजिको ९ बुँदे सहमति गरिएको छ । 

यस सहमति मार्फत नेपाल चलचित्र निर्माता सङ्घ र चलचित्र निर्माता सङ्घ नेपालबिच ऐतिहासिक एकीकरण सम्पन्न भएको छ । यसलाई आजकै मितिदेखि लागू हुने गरी बैधानिक्ता प्रदान गरिएको छ ।

नेपाल चलचित्र निर्माता सङ्घको मिति २०७५ साल चैत्र २ गते शनिवार सम्पन्न हुने १५औं वार्षिक साधारण सभा अगावै चलचित्र निर्माता सङ्घ नेपालको दर्ता खारेजी गरिने छ ।

चलचित्र निर्माता सङ्घ नेपालले तोकेको ३ जना व्यक्तिलाई नेपाल चलचित्र निर्माता सङ्घको विधान अनुसार कार्यसमिति सदस्य पदमा मनोनीत गरिने छ । साथै, चलचित्र निर्माता सङ्घ नेपालले तोकेको अर्को २ जना व्यक्तिलाई नेपाल चलचित्र निर्माता सङ्घ विधान अनुसार वरिष्ठ उपाध्यक्ष सहित १
उपाध्यक्ष पदमा मनोनीत गरिने छ ।

राष्ट्रिय चलचित्र नीति २०७१ लाई कार्यान्वयन गराउनका लागि प्रतिवद्धभई पहल गरिने छ ।

बक्स अफिस कार्यान्वयनमा जोड दिइने छ ।

चलचित्र निर्माताले सिनेमा भवनबाट ६०% शेयर पाउने वातावरण तयार पार्न पहल गर्ने ।

चलचित्र निर्माताहरूले भुक्तानी गर्दै आएको सर्वर शुल्क शत प्रतिशत मिनाहा गराउन उचित पहलीकदम चाल्ने ।

आजको मितिबाट सम्पूर्ण कामकारबाही नेपाल चलचित्र निर्माता सङ्घको छातामुनि रहने गरी सम्पूर्ण निर्माताहरूलाई गोल बन्द गरिने छ ।

नेपाल चलचित्र निर्माता सङ्घको विधानमा भएको व्यवस्थालाई समयानुकूल संशोधन गरिने छ । 

प्रतिक्रिया