अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५५ | Colorodo: 03:10

अनेसास विओटीको सल्लाहकार समिती गठन

बिआरटीनेपाल २०७५ फागुन २८ गते २२:३३ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) विओटी कार्य समितिको श्रीमती गीता खत्रीको अध्यक्षतामा बसेको बैठकले चार वर्षका लागि डा. श्याम कार्कीको संयोजकत्वमा पाँच जनालाई सल्लाहकारमा चयन गरेको छ । जसमा नेपालबाट प्रा.डा. खगेन्द्र लुईटेल, क्यालिफोर्नियाबाट डा. दुर्गा दाहाल, एरिजोनाबाट रोहिणी शर्मा, मेरिल्याण्डबाट सीता पाण्डे छन ।

विओटी कार्यसमिति अझै व्यवस्थित, सर्वोकृष्ट बनाउन वहाँहरूको गरिमामय उपस्थितिले विओटीको सर्वागिन उन्नति र प्रगतिको इतिहासिक भूमिका निर्वाह हुने कुरामा विश्वस्त हुँदै सम्पूर्ण सल्लाहकारहरूलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू