अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४६ | Colorodo: 10:01

मेरिल्याण्डमा डा. कार्की, अधिवक्ता जिसी, डा पौडेल, कलाकार वन्त सम्मानित

विजय थापा २०७५ फागुन २८ गते २१:५३ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्डमा नेपाली समुदायमा योगदान गर्नु हुने नेपाली मूलका व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । उक्त कार्यक्रममा समाज सेवी डा. श्याम कार्की, न्यु योर्कका अधिवक्ता खगेन्द्र जिसी, एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेल तथा बाल्टिमोरका समाजसेवी तथा कलाकार ध्रुव वन्तलाई सम्मानित गरिएको छ । 

उक्त सम्मान मेरिल्याण्ड राज्यको एसियन अमेरिकन प्यासिफिक आयरल्यान्ड ककस (एएपीआई) ले आयोजना गरेको हो । उक्त सम्मान कार्यक्रममा नेपाली नृत्यहरू पनि प्रस्तुति गरिएको थियो ।

सम्मानित हुने डा. कार्की, कलाकार ध्रुव वन्त, एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेल तथा वरिष्ठ अधिवक्ता खगेन्द्र जिसीले खुसी व्यक्त गरेका छन् । 

अमेरिकन राजनीतिको मूलधारमा प्रवेश गरेका विधान सभा सदस्य ह्यारी भण्डारीको विशेष पहल भएको थियो । सम्मानित हुने सबैले ह्यारी भण्डारीलाई विशेष धन्यवाद दिएका थिए । उक्त सम्मान समारोहमा मेरिल्याण्ड तथा पेनसेलभेनियाका लागि महा बाणिज्यदूत प्रेम राजा महत, लसएन्जलसका महा वाणिज्य दूत ऋषि ढकाललाई लगायत समुदायका सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो । 

फोटो: शिव मल्ल, ॠषि ढकाल तथा डा. केशब पौडेलको फेसबुकबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू