अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०६ | Colorodo: 16:21

रक्की माउन्टेन फ्रेन्डस अफ नेपालमा निर्वाचन समिती गठन

रैवत राज पौडेलको संयोजकत्वमा निर्वाचन कमिटी गठन

बिआरटीनेपाल २०७५ फागुन २७ गते २१:५८ मा प्रकाशित

कोलोराडोमा बसोबास गर्दै आएका नेपालीहरूको सबै भन्दा पुरानो संस्था रक्की माउन्टेन फ्रेन्डस अफ नेपालको नयाँ नेतृत्व चैनका लागि निर्वाचन समिति गठन प्रक्रिया अगाडि बढेको छ । डा. पकज तिमल्सिनाको संयोजकत्वमा रहेको सिफारिस समितिले निर्वाचन समितिको लागी व्यक्तिहरूको नाम छनोट गरिसकेको छ । निर्वाचन समितिमा रैवत राज पौडेलको संयोजकत्वमा एक निर्वाचन कमिटी गठन गरिएको छ । कमिटीका अन्य सदस्यहरूमा भुवन श्रेष्ठ र अनिल के.सी. रहेका छन् ।

संस्थाका महासचिव टिका पौडेलले बिआरटी नेपाललाई दिएको जानकारी अनुसार निर्वाचन कमिटीको लागि समितिले सिफारिस गरेको ३ जनाको नाम कार्य समितिको बैठकले सर्वसम्मतले अनुमोदन गरेको हो साथै यसै नयाँ निर्वाचन कमिटीले निर्वाचन सम्बन्धी सम्पूर्ण काम गर्नेछ ।

संस्थाको आगामी चुनावमा भाग लिन तथा मताधिकार प्रयोजनका लागी गत वर्ष २०१८ को डिसेम्बर भित्र सदस्यता नवीकरण तथा नयाँ सदस्यता लिनसक्नेले मात्र चुनावमा भाग लिन पाउने नियम छ ।

प्रतिक्रिया