अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५१ | Colorodo: 03:06

चलचित्र ‘जानी नजानी’को टाइटल गीत ‘जानी नजानी’ सार्वजनिक (भिडियोसहित)

बिआरटीनेपाल २०७५ फागुन २७ गते ११:२१ मा प्रकाशित

काठमाडौँ । रोशनी केसीको प्रस्तुति तथा मोदनाथ खनाल र सागर काजी मालीको निर्माणमा बनेको चलचित्र ‘जानी नजानी’ को टाइटलसङ” सार्वजनिक भएको छ । मोदनाथ खनालको शब्द तथा चर्चित गायिका अन्जु पन्त र गायक प्रताप दासको सुमधुर आवाज रहेको यस गीतमा सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको छ । प्रवीण सिंहले कोरियोग्राफी गरेको यस भिडियोलाई वसन्त अधिकारीले निर्देशन गरेका छन् ।

चैत्र १ मा रिलिज हुने फिल्मबाट वसन्त अधिकारीले निर्देशनमा डेब्यु गर्दैछन् । सामिप्यराज तिमिल्सेनाको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन र रोशनी केसी लगायतको अभिनय रहेको छ । यसै फिल्म मार्फत पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी निरिशा फिल्म नगरीमा डेब्यु गर्दै छिन् । चलचित्रमा अर्जुन पोखरेलको सङ्गीत रहेको छ । भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया