अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१८ | Colorodo: 00:33

सुन्ने सुनाउने १३ औँ भाग सम्पन्न

बिआरटीनेपाल २०७५ फागुन २७ गते १०:२५ मा प्रकाशित

सुन्ने सुनाउने १३ औँ भाग भव्य रूपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नारी दिवस विशेष उक्त कार्यकम समाजसेवी तथा कावयत्री प्रमीला शर्माको सभापतित्वमा समपन्न भएको थियो । प्रायजसो नारी प्रधान रचना बाँच्न गरिएको सो कार्यकम लाल प्रसाद चौलागाइले सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानको अहिले सम्मको कार्यकम समीक्षा, भावी योजना, सङ्गठन बिस्तार आदि विषयमा ज्ञानेन्द्र काफ्ले जानकारी दिनु भएको थियो भने समाजसेवी तथा कवि प्रा. डा. विजयराज शर्मा र अर्का समाजसेवी बुद्धि प्रसाद लामिछानेले यसको प्रभावकारिता र भविष्यमा अझ सार्थकताको लागि आफ्नो राय सुझाव दिनु भएको थियो । 

कार्यक्रममा सेनु प्रसाद तिवारी, समीर आचार्य, भूपेन्द्र महत, ज्ञानेन्द्र काफ्ले, धन पौड्याल, रिता ढकाल, सिता सापकोटा, सरोज भुसाल, विजय राज शर्मा, प्रमीला शर्मा, लाल प्रसाद चौलागाइ तथा बुद्धि लामिछानेबाट रचना बाँच्न भएको थियो ।

प्रत्येक महिनाको दोस्रो आइतबार नियमित रूपमा सञ्चालन हुँदै आएको यो सुन्ने सुनाउने कार्यकम कोलोराडोमा स्रजकहरुको साझा मञ्च बन्दै आइरहेको छ । 

प्रतिक्रिया