अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४७ | Colorodo: 17:02

इथियोपियामा विमान दुर्घटनामा गोरखाकी एकता अधिकारीको मृत्यु

बिआरटीनेपाल २०७५ फागुन २६ गते १४:३२ मा प्रकाशित

इथियोपियामा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १ सय ५७ जनाको मृत्यु भएको छ । उक्त मृत्‍यु हुनेमा नेपाल गोरखा कि एकता अधिकारी परेकी छिन । उनी विश्व खाद्य कार्यक्रमकि अधिकृत थिइन । अडिस् अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपियन एयरलाइन्सको बोईङ दुर्घटना हुँदा एक सय ४९ यात्रु र चालक दलका ८ सदस्यको मृत्यु भएको हो ।

विमानमा विभिन्न ३३ मुलुकका नागरिक सवार रहेको एयरलाइन्सले जनाएको छ । उडान भरेको ६ मिनेटमै स्थानीय समय अनुसार बिहान ८ बजेर ४४ मिनेट जाँदा बिशोफ्टु सहर नजिक विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनास्थलमा अहिले उद्दारकार्य जारी रहेको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू