अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:११ | Colorodo: 03:26

न्युयोर्कको बाटोको नाम माउन्ट एभरेस्ट वे

बिआरटीनेपाल २०७५ फागुन २६ गते १३:४० मा प्रकाशित

न्युयोर्कमा नेपाली समुदायको सम्मानमा ज्याक्सनहाइटस्थित सेभेन्टी फाइभ स्ट्रीटको ३१ एभिन्युको बाटोलाई माउन्ट एभरेस्ट वे नामकरण गरियो । न्युर्योक सिटीको काउन्सिल मेम्बर कोष्टा कोष्टनटिनिडिसले विशेष कार्यक्रमको बिच मार्च ९ तारिख बाटोको नामकरण गरेको हो । कार्यक्रममा बाटोको पोलमा छोपेर राखेको नाम खोल्न अघि युएस नेपाल क्लाईबर्स एसोसिएसनद्वारा बनाएको सगरमाथाको मूर्ती सामुन्ने राखिएको बत्ती बालेर औपचारिक रूप दिएका थिए ।

कार्यक्रममा काउन्सिल मेम्बर कोष्ट, अमेरिकाको लागी नेपाली राजदूत डा अर्जुन कार्की, नेपाली कन्सुलेटको महाबाणिज्यदुत पुष्पा भट्टराई, एनआरएन न्युर्यौक च्याप्टरको अध्यक्ष रामहरि अधिकारी र संस्कृति समितिका संयोजक राजकुमार विष्टले मन्तव्य दिएका थिए । दोस्रो चरणको कार्यक्रममा विभिन्न समुदायको मौलिक संस्कृति झल्कने नृत्यसँगै नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई नागरिक अभिनन्दन गरेका थिए । 

Photo: Ngima Pakhrin

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू