अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

कोलम्बियामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ फागुन २६ गते ९:४४ मा प्रकाशित

कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो । सन् १९३० मा बनेको ३० सिट क्षमताको विमान प्राविधिक खरावीका कारण दुर्घटना भएको हो ।

विमानमा चालकले प्राविधिक समस्या आएको जानकारी दिएलगत्तै विमान सम्पर्कविहीन भएको थियो । त्यसको एक घण्टापछि विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू