अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३६ | Colorodo: 17:51

हावादारी भाषण र उखानले मुलुकमा समृद्धि आउदैन– सभापति देउवा

बिआरटीनेपाल २०७५ फागुन २६ गते ९:३९ मा प्रकाशित

कांग्रेस सभापति शेरबहादुर देउवाले हावादारी भाषण र उखानले मुलुकमा समृद्धि नआउने बताउनुभएको छ । कांग्रेसले आइतबार बागलुङ बजारमा आयोजना गरेको विरोध सभामा बोल्दै सभापति देउवाले जनताको आधारभूत आवश्यकता पूरा गर्न नलागेर सरकार र प्रधानमन्त्री हावादारी भाषण र उखान भन्दै हिँडको आरोप लगाउनुभयो । सरकार संवैधानिक समस्या बल्झाउने खेलमा लागेको आरोप लगाउदै उहाँले प्रतिपक्ष दलबिनाको संवैधानिक परिषद्को बैठक बस्ने, प्रतिपक्षविहीन संसद्झै एकाधिकार र निरंकुशतामा लागेको आरोप लगाउनुभयो ।

चिकित्सा शिक्षा विधेयकलगायत दर्जनौं घटनामा सरकारले संविधान कुल्चेको उहाको ठहर थियो । देउवाले प्रेस स्वतन्त्रताविरोधी कानुन ल्याउन सरकार सक्रिय भएको आरोप पनि लगाउनुभयो । ओली सरकारको विरोधमा सम्बोधनको अधिकांश समय खर्चनुभएका देउवाले हिंसा र दण्डहिनता मौलाउने गरी सरकार अपराधीको संरक्षणमा लागेको बताउनुभयो । देशव्यापी रुपमा कर बढाएर सरकारले जनताको ढाड सेकेको भन्दै मूल्यवृद्धि फिर्ता लिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू