अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५३ | Colorodo: 08:08

इथियोपियामा बिमान दुर्घटना, १ सय ५७ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ फागुन २६ गते ९:३४ मा प्रकाशित

इथियोपियामा आज बिमान दुर्घटना हुँदा त्यसमा सवार सबै १ सय ५७ जनाको मृत्यु भएको छ । अडिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपियन एयरलाईन्सको बोईङ दुर्घटना हुँदा एकसय ४९ यात्रु र चालक दलका ८ सदस्यको मृत्यु भएको हो ।

बिमानमा विभिन्न ३३ मुलुकका नागरिक सवार रहेको एयरलाईन्सले जनाएको छ । उडान भरेको ६ मिनेटमै स्थानीय समय अुनसार विहान ८ बजेर ४४ मिनेट जादा बिशोफ्टु शहर नजिक बिमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनास्थलमा अहिले उद्दारकार्य जारी रहेको बताईएको छ ।

यसैवीच, इथियोपियाको प्रधानमन्त्रीको कार्यालय र इथियोपियन एयरलाइन्सले दुर्घटनामा परेका परिवारप्रति दुःख व्यक्त गरेको छ । प्रधानमन्त्री अबी अहमदले ट्वीट गर्दै दुर्घटनामा परेका मानिसहरूको परिवारप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । अफ्रिकाका विभिन्न गन्तव्यमा उडान गर्ने इथियोपियन एयरलाइन्स अफ्रिकी महादेशमा लोकप्रिय हवाई सेवा प्रदायक एयरलाइन्स हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू