अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायलाई ‘एभरेस्ट वल्र्ड रेकर्ड’को प्रमाण पत्र

बिआरटीनेपाल २०७५ फागुन २५ गते ९:४८ मा प्रकाशित

काठमाडौँ, साहित्यकार तथा गीतकार डा. डी.आर. उपाध्यायले केही समयअघि नेपाली एलबम प्रकाशनमा एकै पटक सबैभन्दा धेरै एलबम निकालेर नयाँ रेकर्ड राखेका थिए । राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकै पटक सात एलबम विमोचन गरिएको थियो । यो विषयलाई सम्बोधन गर्दै उनलाई ‘एभरेस्ट वल्र्ड रेकर्ड’ को प्रमाण पत्र प्रदान गरिएको छ ।

डीआरका एक उपन्यास ‘दगाबाज’सहित एलबम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नशालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन केही समय अघि राष्ट्रिय नाचघर जमलमा गरिएको थियो ।

उपाध्यायका यसअघि ‘अतिरिक्त’, ‘भाग्य चक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘वज्राधात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् ।

पद्म दीप स्मृति प्रतिष्ठानको आयोजनामा डी.आर.का गीति एलबमका बारेमा देशका सात प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतको बारेमा छलफल गर्न अभियान चलाइएको थियो भने देश बाहिर सिक्किममा समेत लोकार्पण गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू