अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५३ | Colorodo: 07:08

तेस्रो ग्लोबल नेपाली फिल्म अवार्डको समापन कार्यक्रम चैत्र २ गते काठमाडौँमा हुँदै

सुर्य चन्द २०७५ फागुन २५ गते ९:४० मा प्रकाशित

काठमाडौँ, आफ्नै नाम, शान र पहिचान सहित सम्पन्न भएको ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण २०१८ को समापन तथा विभिन्न कारणले अवार्ड कार्यक्रममा उपस्थित हुन नसकी अवार्ड लिन नसकेका चलचित्रकर्मीहरूलाई अवार्ड वितरण कार्यक्रम यही आउँदो चैत्र २ गते काठमाडौँमा हुने भएको छ l संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर सहरमा जनवरी ५ तारिख २०१९ मा अवार्ड आयोजना गरिएको उक्त अवार्ड सभ्य तथा भव्यताको साथ सम्पन्न भएको थियो l विगत ३ वर्ष देखि चलचित्रकर्मीहरूलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना गर्दै आएको आयोजक संस्थाका अधक्ष्य नवराज श्रेष्ठले बताएका छन् । 

‘नेपाली सिनेमा भिलेज टु ग्लोबल’ भन्ने नारा लिएर अघि बढेको ग्लोबल नेपाली फिल्म अवार्डले प्राविधिक कारणले अवार्ड कार्यक्रममा भाग लिन अमेरिका जान नपाएका तर अवार्ड पाएका चलचित्रकर्मी, सञ्चारकर्मी तथा स्पोन्सरहरुलाई अवार्ड तथा सम्मान हस्तान्तरण गर्ने हेतुले आउँदो चैत्र २ गते काठमाडौँमा चर्चित चलचित्रकर्मी, कलाकर्मी तथा सञ्चारकर्मीहरूको बिच समापन कार्यक्रम राखी अवार्ड वितरण तथा उक्त अवार्ड कार्यक्रमको समीक्षा समेत गर्ने कुरा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले जानकारी गराएका छन् ।

नेपाली चलचित्रकर्मीहरूलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै विशुद्ध नेपाली सिनेमाको बजार प्रवर्द्धन, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन अवार्डका उद्देश्य रहेको ग्लोबल नेपाली फिल्म अवार्डको नेपाल संयोजक तथा नेपाल फिल्म सोसाइटीका मदुकुमार श्रेष्ठले अवगत गराएका छन् ।

नेपाल फिल्म सोसाइटी तथा ग्लोबल नेपाली फिल्म अवार्डले संयुक्त रूपमा आयोजना गरेको यस अवार्ड कार्यक्रम आउँदो दिनहरूमा विश्वभरनै आयोजना गर्ने योजना रहेको ग्लोबल नेपाली फिल्म अवार्डका अधक्ष्य नवराज श्रेष्ठले बताएका छन् l

उक्त समापन कार्यक्रमको लागि अमेरिका बाट ग्लोबल नेपाली फिल्म अवार्डका अधक्ष्य नवराज श्रेष्ठ समेत नेपाल आई सकेका तथा समापन कार्यक्रमलाई भव्य बनाउनको लागि सम्पूर्ण तयारी भइसकेको कुरा ग्लोबल नेपाली फिल्म अवार्डका महासचिव शान्त कुमार श्रेष्ठले जानकारी गराएका छन् ।

प्रतिक्रिया