अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३६ | Colorodo: 02:51

तमु समाज बेल्जियमको ऐतिहासिक दशौँ अधिवेशन मार्च २४ मा हुने

बिआरटीनेपाल २०७५ फागुन २४ गते ९:३२ मा प्रकाशित

वाई.बि.गुरुङ, बेल्जियम, “प्ये म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ छ्या म्हमु, छया म्हस्याँ म्हि म्हमु” शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ, परम्परा हराए मान्छेको अस्तित्व हराउँछ ।

“प्रवासमा भाषा,संस्कृति,अस्तित्व,पहिचान र एकताको लागि सहकार्य तथा सद्भावमा हाम्रो सहभागिता” भन्ने मूल नारा सहित तमु समाज बेल्जियमको ऐतिहासिक दशौँ अधिवेशन आगामी २४ मार्च २०१९ बेल्जियमको प्रसिद्ध सहर ल्युभेनमा हुने भएको छ ।

सन २००० सालमा स्थापना भएको तमु समाज बेल्जियमको नेपाली डायस्पोराको सबै भन्दा पुरानो र गरिमामय इतिहास बोकेको सामाजिक संस्था हो ।

तमु समाज बेल्जियमले स्थापनाकाल देखी भाषा, संस्कृति तथा परम्पराहरूको संरक्षण, संवर्धन र विकासका लागि प्रवास देखी घरदेस सम्म ठुलो योगदान दिँदै आएको छ भने आपसी एकता, सामाजिक सद्भाव र सामूहिक सहभागिता र सहअस्तित्वका लागि सधैँ अग्र पङ्क्तिमा रहेर खेलेको महत्त्वपूर्ण भूमिकाका बारेमा बेल्जियमवासी नेपालीहरू खुलेर प्रशंसा गर्छन् ।

बेल्जियमको नेपाली डायस्पोरामा अभिवाकत्व संस्थाको रूपमा परिचित तमु समाज बेल्जियमको यस दशौँ अधिवेशनलाई निक्कै महत्त्वका साथ हेरिएको छ । बेल्जियममा बसोबास गर्ने सम्पूर्ण तमुहरूको छाता संस्था तमु समाज, बेल्जियमको नवौँ अधिवेशनबाट फरक मत राखेर अर्को संस्था तमु धि, बेल्जियम खोलिएको छ ।

उक्त अधिवेशनलाई सम्बोधन गर्नकालागि तमु छोँज धि गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेसम गुरुङ नेपालबाट आउने कार्यक्रम रहेको छ भने युरोपका बेलायत, पोर्चुगल, हल्याण्ड, फ्रान्स,स्पेन, नर्वे, जर्मनी लगायत देशमा रहेका तमु समाजका प्रतिनिधिहरूको पनि सहभागिता रहने कुरा तमु समाज, बेल्जियमका अध्यक्ष जीवन गुरुङले जानकारी दिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू