अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०१ | Colorodo: 01:16

विशाल–एन्जिलाको ‘माया झ्याईँ–झ्याईँ’

बिआरटीनेपाल २०७५ फागुन २४ गते ९:१० मा प्रकाशित

गायक विशाल निरौला र गायिका एन्जिला रेग्मीको युगल स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘माया झयाईँ–झ्याईँ’को बोलको रोमान्टिक लभ सङ सार्वजनिक भएको हो ।

सिता राणाको शब्द रहेको गीतमा शिशिर श्रेष्ठले सङ्गीत भरेका छन् । एरेन्ज गायक निरौलाकै छ । गीतको भिडियोमा पछिल्लो समयकी व्यस्त मोडल अञ्जलि अधिकारीको नृत्य छ । अञ्जलिको जोडी शिशिर छन् । ज्ञानेन्द्र शर्माको छायाङ्कन, अमृत चापागाईको सम्पादन रहेको भिडियोको कोरियोग्राफी राजीव समरको हो । भिडियो निर्देशन निश्चल केसीले गरेका छन् ।

भिडियो लिङ्क:

प्रतिक्रिया