अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३२ | Colorodo: 07:47

क्रिकेट रङ्गशाला निर्माणका लागि काँग्रेस प्रवक्ता शर्माको सहयोग

बिआरटीनेपाल २०७५ फागुन २२ गते २२:१३ मा प्रकाशित

नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । श्रीमती कविता शर्मासँग विवाह भएको १६ औँ वर्षको अवसर पारेर उनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई सहयोग हस्तान्तरण गरेका हुन् ।

विवाह भएको १६ औँ वर्षगाँठमा उनले क्रिकेट रङ्गशाला निर्माण गर्न १६ हजार रुपैयाँ नै सहयोग गरेका छन् । सहयोग हस्तान्तरण गर्दै उनले यस्तै अवसरमा हुने खर्चको जोहो गरेर सबैले सानो सानो सहयोग गरे नेपालमा छिट्टै अन्र्तराष्ट्रियस्तरको रङ्गशाला निर्माण हुने विश्वास व्यक्त गरे ।

प्रत्येक नागरिकले देश बनाउने कर्तव्य मेरो हो भन्ने अनुभूत गरेमा देशको विकास हुन समय नलाग्ने भन्दै उनले रङ्गशाला निर्माणका लागि सकेको सहयोग गर्न सबैमा आव्हान पनि गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू