अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३६ | Colorodo: 07:51

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा गायक द्धय सत्य-स्वरूप जोडिए

बिआरटीनेपाल २०७५ फागुन २२ गते ९:४७ मा प्रकाशित

धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ स्थित रामपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा सुप्रसिद्ध गायक द्धय सत्य स्वरूप राज आचार्य जोडिएका छन् । बुधवार फाउण्डेशनले बनाउने रङ्गशालाका लागि गीत उपहार दिँदै अभियानमा जोडिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए ।

सत्य स्वरूपले धुर्मुस सुन्तली फाउण्डेशनको परियोजनाका लागि क्रिकेट सम्बन्धी गीत उपहार दिएका हुन् । ‘युद्धको मैदान’ बोलको उक्त गीतलाई सत्य स्वरूपले आफैले सङ्गीत दिएका हुन् भने शब्द पनि आफैले लेखेका हुन् । धुर्मुस सुन्तलीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा बन्न लागेको क्रिकेट रङ्गशालाका दृश्यहरू समावेश गरिएको छ ।

प्रतिक्रिया