अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१२ | Colorodo: 21:27

उत्तर कोरिया फेरि रकेट परीक्षणस्थल सुरु गर्ने दिशामा, स्याटेलाइट तस्वीर सार्वजनिक

बिआरटीनेपाल २०७५ फागुन २२ गते ९:१२ मा प्रकाशित

उत्तर कोरियाले केही समयअघि नस्ट गरेको रकेट परीक्षणस्थल फेरि बनाइरहेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । स्याटलाइट तस्वीरहरुका आधारमा विश्लेषकहरुले यो परीक्षणस्थल फेरि सुरु गर्न तीव्ररुपमा काम भइरहेको दाबी गरेका हुन् ।

उत्तर कोरियाको डोङचाङ–रीस्थित सोहाए परीक्षणस्थलले स्याटलाइट र इन्जिन परीक्षणको क्षमता राख्दछ । तर, यहाँबाट कुनैपनि ‘ब्यालेस्टिक मिलाइल’ परीक्षण गरिएको भने छैन । गत वर्ष सिंगापुर वार्तापछि यो परीक्षणस्थल बन्द गर्न अमेरिकाले दबाब उत्तर कोरियालाई दबाब दिएको थियो । यसपछि दुई मुलुकबीच विश्वासको वातावरण विकसित भएको थियो ।

हालैमात्र भियतनाममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको वार्ता विनानिश्कर्ष टुंगिएको केही दिनपछि नै उत्तर कोरियाको यो रकेट परीक्षणस्थलको काम फेरि सुरु भएको स्याटलाइट तस्वीरहरु प्रकाशमा आएको हो । भियतनाम वार्तामा कोरियाली प्रायद्वीपको निःशस्त्रीकरणका विषयमा सहमति थप कुनै प्रगति जुट्न सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू