अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५४ | Colorodo: 02:09

रेशम चौधरीलाई जन्मकैदपछि कैलालीका सुरक्षाकर्मी ’हाई अलर्टमा’

बिआरटीनेपाल २०७५ फागुन २२ गते ९:०३ मा प्रकाशित

टीकापुर घटनामा संलग्न रहेको भन्दै कैलाली जिल्ला अदालतले सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएसँगै कैलालीको सुरक्षा व्यवस्था कडा पारिएको छ । थारुहट आन्दोलनकारीले आन्दोलनको गतिविधी गर्न सक्ने भन्दै कैलाली प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) आभुषण तिमिल्सिनाले जानकारी दिनुभयो ।

२०७२ भदौ ७ मा भएको टीकापुर घटनाको फैसाला गर्दै बुधबार जिल्ला अदालत कैलालीले चौधरीसहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो । न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाएको हो । टीकापुर प्रदर्शनका क्रममा आठ प्रहरीसहित एक नाबलकको हत्या भएको थियो । उक्त घटनाको मुख्य अभियुक्त रेशम चौधरीलाई बनाइएको थियो। उक्त घटना घटेपछि रेशम प्रतिनिधिसभा सदस्यमासमेत निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू