अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५१ | Colorodo: 09:06

मुलुकमा फेरि ज्वाला दन्किने खतरा – संयोजक बाबुराम भट्टराई

बिआरटीनेपाल २०७५ फागुन २२ गते ८:५२ मा प्रकाशित

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा फेरीपनि आन्दोलनको ज्वाला दन्कने खतरा औल्याउनुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका क्रियाकलापप्रति कुनै हालतमा सहमत हुन नसकिने भन्दै उहाँले नेकपाका माग बेलैमा सम्बोधन नभए फेरि ‘ज्वाला दन्किने खतरा’ रहेको बताउनुभएको हो ।

सत्यनिरुपण र मेलमिलाप तथा बेपत्ता व्यक्ति छानबिन आयोगले ‘बिर्स र माफी गर’ भन्ने सिद्धान्तबाट काम गर्नुपर्ने भन्दै उहाँले ‘दुनियाँ कराउँदै गरेपनि आफ्नै ढंगले शान्ति–प्रक्रिया टुंग्याउनुपर्ने’ टिप्पणी गर्नुभयो । आफूप्रति साँच्चै रिस भए र आफूलाई दन्डित गर्ने भए त्यसका लागि तयार रहेको नेता भट्टराईको भनाई थियो ।

मुलुकको विकास र समृद्धिका लागि वर्तमान राजनीतिक प्रणालीमा सुधार गर्न अत्यावश्यक रहेको पनि भट्टराईले बताउनुभयो । अहिलेकै राजनीतिक प्रणालीले मुलुकको विकास सम्भव नहुने उहाको ठोकुवा थियो । वर्तमान राजनीतिमा रहेका विकृति हटाउन प्रत्यक्ष निर्वाचित कार्यकारीसहितको प्रणाली अवलम्बन गर्नुपर्ने भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू